बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी

Published on

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो। नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले शुक्रबार नै कार्यभार सम्हाल्नुभएको छ । बीमा प्राधिकरणको बोर्डले गरेको निर्णयहरु कार्यान्वयनमा लैजाने आफ्नो प्रमुख जिम्मेवारी रहेकाले सोहीअनुसार दतारुकतासाथ काम गर्ने उहाँले प्रतिगद्धता जनाउनुभयो । कार्यकारी निर्देशकका लागि कमल रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुंगेल प्रतिस्पर्धा गर्नुभएको थियो । कार्य सम्पादन मूल्याङ्कनमा सुवेदीले सबैभन्दा धेरै अर्थात् ७७.१९४ अङ्क प्राप्त गरेको आधारमा उहाँ सो पदमा नियुक्त हुनुभएको हो । सुवेदी २०७६ साल वैशाखमा निर्देशकमा बढुवा हुनुभएको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...