बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी

Published on

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो। नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले शुक्रबार नै कार्यभार सम्हाल्नुभएको छ । बीमा प्राधिकरणको बोर्डले गरेको निर्णयहरु कार्यान्वयनमा लैजाने आफ्नो प्रमुख जिम्मेवारी रहेकाले सोहीअनुसार दतारुकतासाथ काम गर्ने उहाँले प्रतिगद्धता जनाउनुभयो । कार्यकारी निर्देशकका लागि कमल रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुंगेल प्रतिस्पर्धा गर्नुभएको थियो । कार्य सम्पादन मूल्याङ्कनमा सुवेदीले सबैभन्दा धेरै अर्थात् ७७.१९४ अङ्क प्राप्त गरेको आधारमा उहाँ सो पदमा नियुक्त हुनुभएको हो । सुवेदी २०७६ साल वैशाखमा निर्देशकमा बढुवा हुनुभएको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...