‘पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या घट्यो’

Published on

काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथीभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो । सार्वजनिक तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् । गत आर्थिक वर्षको फागुन महिनामा १७ हजार ९१२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा यो आर्थिक वर्षको फागुन महिनामा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउनेगरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिन प्रतिदिन ह्रास आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । क्षेत्र विकास समितिका अनुसार माघ महिनामा पनि दर्शनार्थीको सङ्ख्या घटेको छ । चालु आर्थिक वर्षको माघ महिनामा चार हजार २४९ दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । गत आर्थिक वर्षको माघ महिनामा ६ हजार ४०१ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा एक लाख १८ हजार ३०० दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यस्तै, गत आर्थिक वर्षमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्री पाथीभरा मन्दिर पुगेका थिए । मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकामसहित मेची राजमार्ग तथा तमोर कोरिडोर आसपासका व्यावसायीहरू समेत प्रभावित भएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...