मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

Published on

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताउनुभएको छ । राससद्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उहाँलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उहाँको भनाइ थियो । पुस्तक अवलोकनपछि उहाँले भन्नुभयो, “यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।” सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो । त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, वरिष्ठ समाचारदाता भीष्मराज ओझासहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो । रासस

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...