समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न

Published on

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिका–९ खारखोलमामा डेढ वर्षमा सम्पन्न गर्नुपर्ने मोटरेबल पुल एघार महिनामै निर्माण सम्पन्न भएको छ । पालुङटार नगरपालिका–९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि ११ महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङगेटारीको दुई खोला दोभान खारखोलमा मोटरेबल पुल निर्माणका लागि श्री गणेश अमृत निर्माण सेबा जेबीसँग २०८० साल चैत १२ गते सम्झौता भई २०८२ साल असोज २६ गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले दु्रत गतिमा काम गरेकाले एघार महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको हो । उक्तपुल पालुङटार नगरपालिका–९ ढुङगेटारीको खारखोलामा समपन्न भएको मोटरबेल पुलको लम्बाई २५ र चौडाई ८।४० मिटर रहेको छ ।

निर्माण कम्पनीले मोटरेबल पुल निर्माणको लागि समयमा आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिक सहितको टोली व्यवस्थापन गरिएकाले पनि डेढ वर्षमा सक्नुपर्ने काम ११ महिनामा सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख सुबेदीले बताउनुभयो । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबीच २ करोड ७५ लाख ९० हजार १ सय २५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए लगत्तै निर्माण कम्पनीले उक्त पुल निर्माणमा उदारणिय काम गरेर देखाएको कार्यालय प्रमुख सुबेदीको भनाइ छ । पालुङटार नगरपालिका, गोरखा नगरपालिका र तनुहँको आँबुखैरनीलाई व्यवसायिक केन्द्र हुने गरी पुल निर्माण भएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको भनाइ छ । उक्त पुल निर्माण भएपछि पालुङटारबासीलाई गोरखा सदरमुकामसम्म पुग्न ४५ मिनेट लाग्ने भएको पालुङटार–९ का वडा अध्यष भेषराज पाण्डेले बताउनुभयो ।

पालुङटार नगरपालिकाका स्थानिय किसानहरुले उत्पादन गरको लिचि, उखु र अदुवा गोरखा सदरमुकाम, चितबन, तनुहँ, पोरखरा र काठमाडौंसम्म सजिलै लान सकिने भएकाले पालुङटार नगरबासीहरुको आर्थिकउपजर्नमा समेत टेवा पुग्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ । अहिले उक्त पुलमा माटो फिलिङ गरी एप्रोच रोड र पुलमा रेलिङको काम पनि सम्पन्न भएकाले अबको केहि दिनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले पुलको उदघाटन गर्ने कार्यक्रम रहेको साईड इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो । पुल निर्माणको लागि स्थानिय सडक पुल निर्माण कार्यक्रम अन्र्तगत स्थानिय पुल सर्पोट युनिट र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअप्रेशनको प्राविधिक सहयोगमा काम समपन्न भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...