समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न

Published on

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिका–९ खारखोलमामा डेढ वर्षमा सम्पन्न गर्नुपर्ने मोटरेबल पुल एघार महिनामै निर्माण सम्पन्न भएको छ । पालुङटार नगरपालिका–९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि ११ महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङगेटारीको दुई खोला दोभान खारखोलमा मोटरेबल पुल निर्माणका लागि श्री गणेश अमृत निर्माण सेबा जेबीसँग २०८० साल चैत १२ गते सम्झौता भई २०८२ साल असोज २६ गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले दु्रत गतिमा काम गरेकाले एघार महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको हो । उक्तपुल पालुङटार नगरपालिका–९ ढुङगेटारीको खारखोलामा समपन्न भएको मोटरबेल पुलको लम्बाई २५ र चौडाई ८।४० मिटर रहेको छ ।

निर्माण कम्पनीले मोटरेबल पुल निर्माणको लागि समयमा आवश्यक सामान बेलैमा ढुवानी गरी पुल बनाउने स्थलमा दक्ष प्राविधिक सहितको टोली व्यवस्थापन गरिएकाले पनि डेढ वर्षमा सक्नुपर्ने काम ११ महिनामा सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख सुबेदीले बताउनुभयो । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबीच २ करोड ७५ लाख ९० हजार १ सय २५ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए लगत्तै निर्माण कम्पनीले उक्त पुल निर्माणमा उदारणिय काम गरेर देखाएको कार्यालय प्रमुख सुबेदीको भनाइ छ । पालुङटार नगरपालिका, गोरखा नगरपालिका र तनुहँको आँबुखैरनीलाई व्यवसायिक केन्द्र हुने गरी पुल निर्माण भएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनको भनाइ छ । उक्त पुल निर्माण भएपछि पालुङटारबासीलाई गोरखा सदरमुकामसम्म पुग्न ४५ मिनेट लाग्ने भएको पालुङटार–९ का वडा अध्यष भेषराज पाण्डेले बताउनुभयो ।

पालुङटार नगरपालिकाका स्थानिय किसानहरुले उत्पादन गरको लिचि, उखु र अदुवा गोरखा सदरमुकाम, चितबन, तनुहँ, पोरखरा र काठमाडौंसम्म सजिलै लान सकिने भएकाले पालुङटार नगरबासीहरुको आर्थिकउपजर्नमा समेत टेवा पुग्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ । अहिले उक्त पुलमा माटो फिलिङ गरी एप्रोच रोड र पुलमा रेलिङको काम पनि सम्पन्न भएकाले अबको केहि दिनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले पुलको उदघाटन गर्ने कार्यक्रम रहेको साईड इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो । पुल निर्माणको लागि स्थानिय सडक पुल निर्माण कार्यक्रम अन्र्तगत स्थानिय पुल सर्पोट युनिट र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअप्रेशनको प्राविधिक सहयोगमा काम समपन्न भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...