स्ववियु निर्वाचन विवाद : १२ जना सञ्चालकको सामुहिक राजिनामा

Published on

काठमाडौँ । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक राजनीति गरिएको भन्दै क्याम्पसका १२ जना सञ्चालक समितिले सामुहिक राजिनामा दिएका छन् । सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने सहमति अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवार दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियू निर्वाचन सम्पन्न गर्ने सहमति भएको उनीहरुको राजिनामा पत्रमा उल्लेख छ ।

१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए । सहमतिका प्रत्येक बुँदालाई तोड्दै, क्याम्पसमा एकपक्षीय निर्णयहरु लिइएको र नेकपा एमालेको प्रभाव बढाउने प्रयास गरिएको आरोप छ ।” नेकपा एमाले जिल्ला अध्यक्षमार्फत परिणामको घोषणा गरिएको विषयको विरोध गर्दै राजीनामा दिएको उनीहरुले स्पष्ट पारेका छन् । यस्तो निर्णय प्रक्रियाले क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको उनीहरुको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...