माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा

Published on

काठमाडौँ । नवलपरासी पश्चिममा चैत ७ गते बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जानकारी दिएको छ । परीक्षाका लागि २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा केन्द्र रहने विद्यालयका केन्द्राध्यक्षलाई परीक्षासम्बन्धि निर्देशिका तथा आवश्यक उत्तरपुस्तिका सहितका सामग्री उपलब्ध गराई सकिएको जिल्ला विकास तथा समन्वय इकाईका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

२३ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, ३२७ निरीक्षक, ६४ परीक्षा सहायक, १२९ कार्यालय सहयोगी, ३४५ सुरक्षाकर्मीको टोली परीक्षाका लागि खटाइएको छ । परीक्षामा ५७ सामुदायिक विद्यालय (सरकारी), ६२ संस्थागत (निजी), १ खुला र १ धार्मिक विद्यालय गरी कूल १२१ विद्यालय सहभागी हुनेछन् । परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या ६ हजार ४१४ छ । जसमध्ये साधारणतर्फ ४ हजार ७५७, प्राविधिकतर्फ १३६ र साधारण तथा प्राविधिकतर्फ १ हजार ५२१ परीक्षार्थी रहेको इकाइका प्रमुख सुवेदीले बताउनुभयो । सहभागी परीक्षार्थीमा छात्राको संख्या ३ हजार २३४ र छात्रको संख्या ३ हजार १८० रहेको छ ।

निर्धारण गरिएका परीक्षा केन्द्रमा दाउन्नेदेवी मावि बर्दघाट, कुमुदिनी इङ्लिस बोडिङ् स्कुल बर्दघाट, दिव्यज्योति मावि चिसापानी बर्दघाट, राजा माहात्मा मावि पञ्चनगर बर्दघाट रहेका छन् । त्यसैगरी वसन्त मावि वसन्तपुर सरावल, जनता मावि मनरी सरावल, जगन्नाथ मावि रामनगर सुनवल, भगवती मावि हर्दियाचापी, सुनवल, महाकवि देवकोटा मावि सुनवल, सोमनाथ बाबा सुनवल, प्रगति मावि स्वाठी, आदर्श मावि परासी र पवन मावि परासीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा केन्द्र निर्धारण गरिएका अन्य विद्यालयमा लिटिल एञ्जेल्स मावि परासी, ग्लोरियस बोडिङ स्कुल परासी, सयपत्रि मावि परासी, सिद्धार्थ मावि कुस्मा, आदर्श इङ्लिस बोडिङ् स्कूल सेमरी, आदर्श मावि जमुनिया, त्रिभुवन मावि बेलाटारी, जनजागृति मावि गुठिप्रसौनी र महेन्द्र मावि कुडिया, सुस्ता रहेका छन् । त्यस्तै प्राविधिक र २०७८ को पुरानो ग्रेडबृद्धितर्फको परीक्षाका लागि सरस्वती मावि परासीमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...