दोहोरो नागरिकतालाई नेपालले स्वीकार्दैन : मन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पार्नुभएको छ । सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताउनुभयो । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपालीमुलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भावनामा नडुबी नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई नेपालले स्वीकारेको छैन, हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको रु यो कुरा तपाई हामी सबैले बुझ्नुपर्छ । उहाँहरुले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेजस्तो साधारण होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रुपमा उहाँहरुलाई गैरआवासीय नागरिकता प्रदान गरेको छ। गैर आवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यही बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।’ सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपालीमुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताउनुभयो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...