धर्मश्रीको तयारी पूरा, विजेतालाई १२ लाख र ११ किलोको ट्रफी

Published on

काठमाडौँ । १७औँ संस्करणको धर्मश्री राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही चैत ७, ८ र ९ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । धर्मश्री प्रतियोगितालाई निरन्तरता दिन धर्मश्री शारीरिक सुगठन, पूर्वमेयर पिएलसिंह मेन्स फिजिक्स एक सय ७० सिएम ओभर अन्डर राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता तथा वुमेन्स वडिविल्डिङ ओपन र ५० वर्षभन्दा माथिका खुला मास्टर शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको पनि आयोजकले जनाएको छ ।

प्रज्ञाभवन कमलादीमा हुने प्रतियोगितामा देशभरबाट ६०० जना खेलाडीको सहभागिता रहने छ । एक करोड रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पुरस्कार राशी मात्र ५२ लाख रुपियाँ राखिएको छ । प्रतियोगितालाई काठमाडौँ महानगर पालिकाले ५० लाख रुपियाँ प्रायोजन सहयोग गरेको पनि अध्यक्ष प्रधानले जानकारी दिनुभयो । फाइनल चरणको खेल चैत ९ गते हुनेछ । फाइनलमा धर्मश्री उपाधि विजेताले १२ लाख रुपियाँसहित ११ किलोको ट्रफी पुरस्कार प्राप्त गर्ने छ । यस्तै उपविजेतालाई ६ लाख र तेस्रो हुनेलाई तीन लाख रुपियाँ प्रदान गरिने छ । प्रत्येक विधामा शीर्ष ६ मा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कार राखिएको छ । शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...