धर्मश्रीको तयारी पूरा, विजेतालाई १२ लाख र ११ किलोको ट्रफी

Published on

काठमाडौँ । १७औँ संस्करणको धर्मश्री राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही चैत ७, ८ र ९ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । धर्मश्री प्रतियोगितालाई निरन्तरता दिन धर्मश्री शारीरिक सुगठन, पूर्वमेयर पिएलसिंह मेन्स फिजिक्स एक सय ७० सिएम ओभर अन्डर राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता तथा वुमेन्स वडिविल्डिङ ओपन र ५० वर्षभन्दा माथिका खुला मास्टर शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको पनि आयोजकले जनाएको छ ।

प्रज्ञाभवन कमलादीमा हुने प्रतियोगितामा देशभरबाट ६०० जना खेलाडीको सहभागिता रहने छ । एक करोड रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पुरस्कार राशी मात्र ५२ लाख रुपियाँ राखिएको छ । प्रतियोगितालाई काठमाडौँ महानगर पालिकाले ५० लाख रुपियाँ प्रायोजन सहयोग गरेको पनि अध्यक्ष प्रधानले जानकारी दिनुभयो । फाइनल चरणको खेल चैत ९ गते हुनेछ । फाइनलमा धर्मश्री उपाधि विजेताले १२ लाख रुपियाँसहित ११ किलोको ट्रफी पुरस्कार प्राप्त गर्ने छ । यस्तै उपविजेतालाई ६ लाख र तेस्रो हुनेलाई तीन लाख रुपियाँ प्रदान गरिने छ । प्रत्येक विधामा शीर्ष ६ मा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कार राखिएको छ । शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...