धनुषामा चोकको नाम राख्ने विषयमा विवाद: प्रहरीको गोली लागेर एक घाइते

Published on

काठमाडौँ । धनुषाको सबैला नगरपालिका–९, भठिहन चोकमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताउनुभयो । चोकको नाम राख्ने विषयमा दुई समूहबिचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । झडपमा चोट लागेर अन्य दुई जना घाइते भएका छन् । भठिहनस्थित चोकमा केही दिन अघि ‘यादव चोक’ लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर हटाएपछि दुई समूहबिच तनाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर आइतबार पनि दुई पक्षबीच झडप भएको थियो । प्रहरीले श्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...