नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठमा गठबन्धनबाट निर्विरोध

Published on

काठमाडौँ । धरान उपमहानगरपालिकामा रहेको ४ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुरु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठमा गठबन्धनका सभापति सहित कार्यसमिति नै गठबन्धनबाट निर्विरोध भएको हो । मंगलबार विहान ८ बजेदेखि धरानका अन्य ३ वटा महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसहरुमा भने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी मतदान सुरु भएको छ । महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म करिव ३ सय मत झरिसकेको छ । निर्वाचन स्थलमा ६ वटा मतदान केन्द्र कायम गरिएको छ । बिहान ८ बजे सुरु भएको मतदान ५ बजेसम्म चल्ने छ ।

महेन्द्र क्याम्पसमा १० वटा विद्यार्थी सङ्गठन दर्ता भएपनि नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट सभापतिमा नेबिसंघका प्रशान राई, अनेरास्ववियु क्रान्तिकारीको तेजबहादुर दुमी, समाजवादी विद्यार्थीका युवराज राई अलौकिक, अनेरास्ववियु क्रान्तिकारी मोहन वैद्य किरणबाट अमृता राई उम्मेदवार रहेको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । यस्तै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कुल मतदाता सङ्ख्या ९ सय ६२ रहेको निर्वाचन अधिकृत राम शोभित यादवले जानकारी दिनुभयो । मतदान बिहान ८ बजे देखी शुरु भई दिनको ४ बजे सम्म चल्ने छ । यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट अनिरुद्ध श्रेष्ठ सभापति पदको उम्मेदवार रहेका छन । अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूह गठबन्धनका स्वतन्त्र समूहको पेशल राज कार्की सभापतिको उम्मेदवार रहेको अधिकृत यादवले जानकारी दिनुभयो ।

यसैगरी पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कुल मतदाता सङ्ख्या २ हजार ३ सय ६२ रहेको निर्वाचन अधिकृत विनयलाल श्रेष्ठे जानकारी दिनुभयो । क्याम्पसमा ७ वटा विद्यार्थी सङ्गठन चुनावको लागि दर्ता भएता पनि ५ वटा प्यानलको उम्मेदवारी परेको छ । नेविसंघबाट सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारीका करण मगर, अनेरास्ववियुको ईश्वर बन्जाडे, समाजवादी विद्यार्थीबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको सविन धिताल सभापतिका उम्मेदवार छन् । मतदान बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सम्म चल्ने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी पिण्डेश्वर विद्यापिठको चुनावी कार्यक्रम अनुसार चैत १० गते हुने भनिएको चुनावका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता भएको थियो । उम्मेदवारी दर्तामा सभापति सहित स्ववियु कार्यसमितिका सबै पदमा १/१ जनाको मात्र उम्मेदवारी परेपछि कार्यसमिति नै निर्विरोध भएको निर्वाचन समिति संयोजक कृष्ण गोपाल अधिकारीले जानकारी दिनुभयो ।

जसमा गठबन्धनका सभापति अनेरास्ववियुका सुधाकर पोख्रेल निर्विरोध निर्वाचित हुनु भएको छ । पिण्डेश्वर विद्यापीठको चुनावका लागि उम्मेदवारी दर्तामा सभापति सहित स्ववियु कार्यसमितिका सबै पदमा १/१ जनाको मात्र उम्मेदवारी परेपछि कार्यसमिति नै निर्विरोध भएको निर्वाचन समिति संयोजक कृष्ण गोपाल अधिकारीले जानकारी दिनुभयो । निर्विरोध निर्वाचित कार्यसमितिमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ४ गरी ११ जना रहेका छन् । सचिवमा नेविसंघका प्रवेश पौडेल, कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाईँ रहेका छन । प्रत्यक्ष तर्फका सदस्यहरूमा नेविसंघका छविन्द्र भट्टराई, विजय निरौला, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालका दिगन्त प्रसाद घिमिरे, आशिष नेपाल र समानुपातिक तर्फ अनेरास्ववियुका अर्जुन निरौला, नेविसंघका गोविन्द अधिकारी, अरुण नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालका गोपाल गुरागाईं छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...