पौवेगौडेमा अस्थायी प्रहरी चौकी स्थापना

Published on

काठमाडौँ । पुतलीबजार नगरपालिका-५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकी(बिट) टक्सारको स्थापना गरिएको छ । पौवेगौडे, टक्सार र ठूलाडिही, कास्कीको भरतपोखरी, निर्मलपोखरी र क्रिस्ति तथा तनहुँको शुक्लागण्डकी नगरपालिको बाबियाडांष, लामागाउँ समेतका स्थानीय जनतालाई सेवा पुर्‍याउने उद्येश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रहरी चौकीको स्थापना गर्दै संघीय सांसद राजु थापाले यस क्षेत्रका शान्ति सुरक्षा र अमनचैनको चौकी स्थापना गरिएको बताउँदै स्थानीय जनताको पनि सहयोग आवश्यक भएको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, प्रजिअ सुनिता नेपाल, प्रहरी प्रमुख शालिकराम शर्मा लगायतले प्रहरी चौकी स्थापनापछि यो क्षेत्र मदिरा, लागु पदार्थको दुर्व्यसन मुक्त क्षेत्र हुने विश्वास व्यक्त गर्नुभयो । पुरानो स्वास्थ्य चौकीमा स्थापना गरिको प्रहरी चौकीमा हवल्दार ओम प्रकाश थापाको कमाण्डमा चार जना प्रहरी छन् । प्रहरी चौकीका लागि एक थान मोटरसाइकल र आवश्यक बन्दोबस्तीका सामान वडा कार्यालयले उपलब्ध गराएको छ । प्रहरीका लागि आवश्यक पर्ने इन्धनका लागि मासिक एक/एक हजार रुपियाँ उपलब्ध गराउने स्थानीय समाजसेवी शैलेन्द्रजंग काकीले प्रतिबद्धता जनाउनुभयो थियो भने एकमुष्ट नगद ५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो । जिल्लामा अस्थायी प्रहरी चौकी सात वटा, १८ वटा प्रहरी चौकी, तीन वटा इप्रका, एक वटा वडा प्रहरी कार्यालय, एक जिल्ला प्रहरी कार्यालय सहित कारागार, अस्पताल, सिडीयो गार्ड, अदालत र ट्राफिक प्रहरी गरि ३५ युनिट छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...