पाल्पाका दुई क्याम्पसमा मतदान जारी

Published on

काठमाडौँ । पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमध्ये दुई क्याम्पसमा मतदान प्रक्रिया चलिरहेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियुको नेतृत्व चयनका लागि मतदान भैरहेको हो । दर्छा क्याम्पस, उदवुद्ध क्याम्पस र माण्डव्य बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भैसकेको छ।

सात सय १५ जना मतदाता रहेको शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) प्यालन विच प्रतिस्पर्धा हुँदैछ । सभापति, सचिव र कोषाध्यक्षमा २/२ जनाको उम्मेदवारी रहेको छ । विहान ८ बजे देखि शान्त वातावरणमा मतदान चलिरहेको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जानकारी दिनुभयो । देशकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा यसपटक नेपाल विद्यार्थी संघ र अखिल छैठौ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियू (स्वतन्त्र) प्यानलसहित प्रतिस्पर्धामा छन् । सभापतिमा ४, सचिवमा ३ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको छ । १ हजार ८ सय ९४ मतदाता रहेका छन् ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...