सिद्धार्थमा अनेरास्ववियुमा गोदार सभापतिमा निर्वाचित

Published on

काठमाडौँ । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित हुनुभएको छ । फेदिखोला गाउँपालिका–२ मा रहेको क्याम्प्समा मङ्गलबार भएको निर्वाचनमा प्रतक्ष्यतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो । स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई चार मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित हुनुभएको हो । गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत ल्याउनुभएको हो।

यस्तै, सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर विजयी हुनुभएको हो । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सदस्यमा अनेरास्ववियुका संजय खत्री(४३) र स्मृति कुवर (४१) मत ल्याएर निर्वाचित हुनुभएको हो । समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल रहनुभएको छ । समितिको उप सभापति र सहसचिव समानुपातिकबाट मनोनित गरिने निर्वाचित सभापति गोदारले बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...