मोरङको धनपालथानमा आगलागी: एक बालिकाको मृत्यु

Published on

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आगलागीबाट स्थानीय मुस्लिम बस्तीका १२ घरसहित १६ वटा टहरा जलेर नष्ट भएको छ । आगलागीमा परेर तीन वर्षे बालिका रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरीका एसपी नारायण चिमरियाले जानकारी दिनुभयो । आगलागीका कारण भएको भागदौडका क्रममा हराएका भनिएका अर्का बालक भने सकुशल फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । बिहानैदेखि हावा चलिरहेको र गर्मी बढेसँगै सुख्खापन बढ्दै गएको बेला आगलागी भएको हो । फुसका घरहरु नजिकै भएको र परालको मचान पनि सँगै रहेका कारण आगो गाउँमा फैलिएको थियो । दिउँसो १२ बजेतिरबाट आगलागी सुरु भएको हो । प्रहरीले घटनास्थलबाट क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...