रौतहटबाट एसइईमा १० हजार बढी विद्यार्थी सहभागी हुने

Published on

काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षामा रौतहटबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुने भएका छन् । चैत ७ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षामा साधारणतर्फ नियमित र प्राविधिकतर्फको नियमित तथा ग्रेड वृद्धि गरी १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख बिरेन्द्र जंग थापाले बताउनुभएको हो । रौतहटमा १ खुला विद्यालयसहित ९९ वटा सामुदायिक विद्यालय तथा २० वटा संस्थागत विद्यालय गरेर १ सय १९ वटा विद्यालयबाट एसइई दिने परिक्षार्थीहरुको लागि ४० वटा परिक्षा केन्द्र कायम गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार ४० वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एसइई परीक्षामा साधारण नियमिततर्फ ५ हजार १ सय ७२ जना छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थीहरु रहेको छ भने प्राविधिक तर्फ १ सय ६८ जना छात्र तथा ९७ जना छात्रा र ग्रेड वृद्धितर्फ २ सय ८५ जना विद्यार्थी गरि कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख थापाले बताउनुभयो । बिहिवारदेखि सुरु हुने एसइईको परीक्षाको लागि रौतहटमा ४० वटा परिक्षा केन्द्रको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक, १९५ जना कार्यालय सहयोगी र हरेक परिक्षा केन्द्रमा बढीमा १५ जनाको दरले करिब ६०० जना सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालनमा थपघट हुन सक्ने छ । परीक्षा पूर्वको सबै तयारि पुरा भइसकेको र परीक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा सञ्चालन गराउन सबै सरोकारवाला लाग्नुपर्ने तथा अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गर्ने गराउने विरुद्ध कारवाही हुने इकाइ प्रमुखले थापाले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...