रौतहटबाट एसइईमा १० हजार बढी विद्यार्थी सहभागी हुने

Published on

काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षामा रौतहटबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुने भएका छन् । चैत ७ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षामा साधारणतर्फ नियमित र प्राविधिकतर्फको नियमित तथा ग्रेड वृद्धि गरी १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख बिरेन्द्र जंग थापाले बताउनुभएको हो । रौतहटमा १ खुला विद्यालयसहित ९९ वटा सामुदायिक विद्यालय तथा २० वटा संस्थागत विद्यालय गरेर १ सय १९ वटा विद्यालयबाट एसइई दिने परिक्षार्थीहरुको लागि ४० वटा परिक्षा केन्द्र कायम गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार ४० वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एसइई परीक्षामा साधारण नियमिततर्फ ५ हजार १ सय ७२ जना छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थीहरु रहेको छ भने प्राविधिक तर्फ १ सय ६८ जना छात्र तथा ९७ जना छात्रा र ग्रेड वृद्धितर्फ २ सय ८५ जना विद्यार्थी गरि कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख थापाले बताउनुभयो । बिहिवारदेखि सुरु हुने एसइईको परीक्षाको लागि रौतहटमा ४० वटा परिक्षा केन्द्रको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक, १९५ जना कार्यालय सहयोगी र हरेक परिक्षा केन्द्रमा बढीमा १५ जनाको दरले करिब ६०० जना सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालनमा थपघट हुन सक्ने छ । परीक्षा पूर्वको सबै तयारि पुरा भइसकेको र परीक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा सञ्चालन गराउन सबै सरोकारवाला लाग्नुपर्ने तथा अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गर्ने गराउने विरुद्ध कारवाही हुने इकाइ प्रमुखले थापाले जानकारी दिनुभयो ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...