एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

Published on

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो। कावासोती ३ को केरुङ्गे खोला पारी अंकुर सामुदायिक वनमा विगत ५ वर्षदेखि फोहोर विर्सजन हुँदै आएको थियो। तर उचित ढंगले व्यवस्थापन नगर्दा प्रदूषण बढेको भन्दै विरोध भएपछि फोहोर उठ्न सकेको थिएन। नगरपालिका र सामुदायिक वनबिच फागुन १२ गते ११ बुँदे सहमति भएर फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरेपछि मात्र उठाउन सहमति भएको थियो। तर पनि फोहोर वर्गीकरणको काम नसकिएकोले फोहोर उठ्न नसकेको हो।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले अहिले दुर्गन्धरहित फोहोर व्यवस्थापनको लागि पहिले जम्मा भएको फोहोर वर्गीकरण भइरहेको र त्यो काम सकिएपछि मात्रै फोहोर उठ्ने बताउनुभयो। त्यसैगरी अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले फोहोर वर्गीकरणको काम चलिरहेको र वर्गीकरणको काम सक्न अझै २ हप्ता लाग्ने भएकोले फोहोर उठ्न नसकेको बताउनुभयो। उहाँका अनुसार अहिले पुरानो फोहोरलाई वर्गीकरण गरि बिक्री हुने फोहोरलाई विक्री गर्ने र विक्री नहुने फोहोरलाई जेसिबी र एक्साभेटर लगाएर खाडल खनी पुर्ने र त्यसपछि खोलातिर जान नदिन तट्बन्धन निर्माणको काम हुनेछ। वर्गीकरणको काम सुरु भएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म ५० प्रतिशत फोहोर पनि वर्गीकरण हुन सकेको छैन। फोहोर नउठ्दा स्थानीय भने आक्रोसित भएका छन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...