एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

Published on

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो। कावासोती ३ को केरुङ्गे खोला पारी अंकुर सामुदायिक वनमा विगत ५ वर्षदेखि फोहोर विर्सजन हुँदै आएको थियो। तर उचित ढंगले व्यवस्थापन नगर्दा प्रदूषण बढेको भन्दै विरोध भएपछि फोहोर उठ्न सकेको थिएन। नगरपालिका र सामुदायिक वनबिच फागुन १२ गते ११ बुँदे सहमति भएर फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरेपछि मात्र उठाउन सहमति भएको थियो। तर पनि फोहोर वर्गीकरणको काम नसकिएकोले फोहोर उठ्न नसकेको हो।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले अहिले दुर्गन्धरहित फोहोर व्यवस्थापनको लागि पहिले जम्मा भएको फोहोर वर्गीकरण भइरहेको र त्यो काम सकिएपछि मात्रै फोहोर उठ्ने बताउनुभयो। त्यसैगरी अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले फोहोर वर्गीकरणको काम चलिरहेको र वर्गीकरणको काम सक्न अझै २ हप्ता लाग्ने भएकोले फोहोर उठ्न नसकेको बताउनुभयो। उहाँका अनुसार अहिले पुरानो फोहोरलाई वर्गीकरण गरि बिक्री हुने फोहोरलाई विक्री गर्ने र विक्री नहुने फोहोरलाई जेसिबी र एक्साभेटर लगाएर खाडल खनी पुर्ने र त्यसपछि खोलातिर जान नदिन तट्बन्धन निर्माणको काम हुनेछ। वर्गीकरणको काम सुरु भएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म ५० प्रतिशत फोहोर पनि वर्गीकरण हुन सकेको छैन। फोहोर नउठ्दा स्थानीय भने आक्रोसित भएका छन्।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...