१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

Published on

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष ध्रुव आचार्यले मङ्गलबार एक कार्यक्रमबिच लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो । १०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा लोगोमा सात रङ्ग, चन्द्र र सुर्य झन्डा अङ्कित रहेको छ । खेलकुद मन्त्री चौधरीले लोगो र मस्कट कर्णाली प्रदेशको माटोसँग मिल्ने खालको रहेको बताउनुभयो ।

लोगो र मस्कट दुवै विकास तमकुजुले बनाउनुभएको हो । कार्यक्रममा १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरिएको छ । लगातार सर्दै आएको १०औँ खेलकुदमा सहभागी टोली र खेल संख्या अझै ढुङ्गो लागेको छैन । यसअघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनः जेठमा सारिएको हो ।जेठमा चर्को गर्मीसँगै कर्णालीको सुर्खेतमा खेलाडीको आवासका लागि प्रयाप्त होटललगायत ब्यवस्थापन गर्न थप चुनौती हुने देखिएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...