युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको विषय गम्भीर विषय भएकाले व्यवस्थापनका लागि सरकारले यथोचित प्रयास गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सांसद भगवती चौधरीले गर्नुभएको जिज्ञसाको जवाफमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । आफ्नो देश आफै बनाउने विषय युवालाई सुसुचित गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “युवालाई उद्यमशील बनाउनेगरी सरकारले योजना र कार्यक्रम बनाएको छ । आर्थिक, प्राविधिक सबै विषयमा सरकारले सघाइरहेको छ ।”

महिला उद्यमीहरुलाई उत्प्रेरित गर्नेगरी सरकारले थप प्राथमिकता दिएर काम गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्व अहिले ग्लोबल भिलेजको रुपमा रहेको छ, युवाहरुलाई प्रशिक्षित गरेर स्वदेशमा व्यवस्थापन गर्नु एकदम राम्रो पक्ष हो, तर सरकारले जवर्जस्ती रोक्न त सक्दैन । युवालाई स्वदेशमै श्रम खर्च गर्ने चेतनाको बृद्धि गर्ने प्रयास सरकारले मात्र होइन, सबै पक्षले त्यसमा सहयोग गर्नुपर्छ ।” यो देश बन्दैन, केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ, जुन राम्रो होइन । बालबालिकाको कलिलो मस्तिस्कमा यस्तो नकारात्मक कुरा राखिदिनु हुन्न, सकारात्मक विषय र देश र जनताको विकासको पक्षमा भाष्य निर्माणमा सबै लाग्नुपर्छ उहाँले भन्नुभयो, “युवाहरु अध्ययनका लागि बाहिर जानु राम्रो हो, यहाँभन्दा राम्रो र गुणस्तरीय शिक्षा बाहिर पाइन्छ भने त्यो शिक्षा लिएर त्यहाँको ज्ञान स्वदेशमा लगानी गर्नु राम्रो हो, त्यसमा हामीले युवालाई उत्प्रेरित गर्नुपर्छ ।” उत्पादनशील्ता र उत्पादन बृद्धि गर्नमा सरकारले पूर्वाधार विकासको काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । कृषि आधुनिकीकरणका लागि, अहिलेको अवस्था बदल्नका लागि, गरिबी हटाउनका लागि तीनै तहको सरकार लागिपरेको उहाँले प्रष्ट पार्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...