दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’अभियान सुरु

Published on

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ । दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमितरूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवाररूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताउनुभयो । “दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । चालकहरूले जिम्मेवार भएर नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो,“कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।” कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् । रासस

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...