माओवादी बिना संविधान संशोधन असम्भव : महासचिव गुरुङ

Published on

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी केन्द्र बिना संविधान संशोधन गर्ने कुरा असम्भव रहेको बताउनुभएको छ । तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनलाई आइतबार गोरखामा सम्बोधन गर्नुहुँदै उहाँले काँग्रेस, एमाले र सत्तामा रहेका दलहरुबाट मात्र संविधान संशोधन हुन नसक्ने बताउनुभयो । “यो संविधान माओवादीसँग सम्झौता गरेर आएको संविधान हो, महासचिव गुरुङले भन्नुभयो, “संविधान संशोधन गर्नै पर्ने भयो भनेपनि अहिलेको संविधानको ‘स्टेक हेल्डर’ माओवादी पनि भएकाले माओवादीसँगको सहमति बिना त संशोधन हुन सक्दैन ।” उहाँले माओवादी विना नै संविधान संशोधन गर्ने काँग्रेस एमाले सहमतिले प्रतिगामी शक्तिहरु चलमलाउन थालेको दाबी गर्नुभयो ।

“अब देशमा राजतन्त्र असम्भव छ, प्रतिगामी शक्तिहरुले खाली उचाल्ने, पछार्ने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्ने काम मात्र भइरहेको छू, महासचिव गुरुङले भन्नुभयो, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।” सरकारको कमीकमजोरीलाई पनि सशक्त ढङ्गबाट उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव गुरुङले अहिले काँग्रेस र एमाले असफल हुँदा त्यसको विकल्प माओवादी केन्द्र भएको भन्दै राजसंस्था विकल्प हुनै नसक्ने स्पस्ट पार्नुभयो । “दरबारको असफलताको विकल्प निश्चित रुपमा काँग्रेस, एमालेदेखि लिएर माओवादीसम्म नै होू, उहाँले भन्नुभयो, “तर अब काँग्रेस एमाले असफल हुँदा त्यसको विकल्प माओवादी हो, दरबारिया होइन र हुनै सक्दैन ।” मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...