सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य

Published on

काठमाडौँ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको आजको खेलमा सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा कोसीलाई २४३ रनको विजयी लक्ष्य दिएको हो । उनले ९१ बलमा चार छक्का र १२ चौकाको मद्दतमा एक सय १५ रन बनाए । योसँगै उनले दुई शतक पूरा गरेका छन् ।

गत फागुन २५ गतेदेखि जारी प्रतियोगितामा किरणले यसअघि पनि गण्डकी प्रदेशविरुद्ध अविजित एक सय २१ रन बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए । आजको खेलमा सुदूरपश्चिमले ४३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४२ रन जोड्यो । सुदूरपश्चिमका लागि टेक बोहरा १६, अर्जुन विक १५, शेर मल्ल र कप्तान नारायण जोशी समान १४/१४ रन बनाएर आउट भएका हुन् । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले समान १० रन बनाए । कोसी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिए । फिर्दोश अन्सारी र कप्तान अङ्कित सुवेदीले समान दुई दुई विकेट लिए । दिपेश कँडेल, प्रकाश कार्कीले समान एक एक विकेट लिएका छन् । रासस

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...