मनकामना केबुलकार बिहिबार बन्द हुने

Published on

काठमाडौँ । मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४ गते बिहिबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जानकारि गराएको हो । मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिनुभयो । उहाँका अनुसार वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनार्थीलाई सहजता होस् भन्ने उद्धेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भएपछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्र्ने भएकाले १ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ । १ दिन केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधा प्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै चैत १५ गते शुक्रबार पुन सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनको जानकारि दिनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...