काठमाडौँ । लहान नगरपालिका-१७ दौलतपुरमा रहेको पर्यटकीय स्थल देवीदहको विकासको गति रोकिएपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् । लहान नगरपालिकाको सहरी क्षेत्रबाट आठ किलोमिटर उत्तरमा रहेको देवीदहमा दस वर्ष अगाडि नै आन्तरकि र वाहिय पर्यटकीयको ओइरो लाग्ने गरेको थियो । जतिबेला पनि भीडभाड देखिने देवीदहमा अहिले सुनसानको अवस्था आएको देवीदह व्यवस्थापन समितिका अध्यक्ष कपलेश्र यादवले बताउनुभयो । उहाँका अनुसार पर्यटन मन्त्रालयबाट आएको पाँच करोड २२ लाख २३ हजार ९०१ रुपियाँको लागतमा पर्यटकीय क्षेत्र सौन्दर्यकरणको योजना अलपत्र परेपछि यो अवस्था आएको हो ।
दहमा तैरिने बोटहरुको मर्मत गर्न नसक्ने अवस्था आइसकेपछि बोटहरु त्यसै थन्किएकोले पर्यटकीयहरु आउन छाडेको अध्यक्ष यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “जसोतसो विस हजार रकम लगाएर एउटा बोट मर्मत गरेका छौं । वर्षेनी दहको माछा विक्री हुँदा दुई लाख आम्दानी अुनेगर्छ । त्यो पनि वर्षभरी पालेको पारिश्रमिकमा नै खर्च भइरहेको छ । गत वर्ष लहान नगरपालिकाले दिएको सात लाख रकमबाट ढलानको कार्य गरियो । यसवर्ष बजेट नै आएन ।” २०७१ भदौ १ गते लागेको टेण्डर २०७९ भदौ ३० गतेसम्ममा सम्पन्न भइसकेने पाँच करोडको बजेटको लागि पटक पटक लहान नगरपालिकासाँग पहल गर्दा पर्यटन मन्त्रालयबाट नै निकासा नगरेको मन्त्रालयमा सम्पर्क गर्दा नगरपालिकाले नै माग नगरेको जवाफ आएपछि देवी दहको विकास हुन नसकको लहान-१७ का वडाध्यक्ष प्रथम लाल चौधरीले जानकारी गराउनुभयो । प्रथम राष्ट्रपति डा राम वरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गन नेपाली सेनालाई प्रयोग गरेर देवी दहको सौन्दर्यकरण सढक निर्माण र भौतिक संरचना तयार भएको देवी दहको विकास स्थानीय सरकार लहान नगरपालिकाले चासो नदिएपछि पछि परेको स्थानीयहरुले गुनासो गरेका छन् ।