घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द

Published on

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनका लागि बन्द हुने भएको छ । बारपाक सुलीकोट गाउँपालिका अन्तर्गत घ्याम्पेसाल हुँदै ताकुकोटमा रहेको गाउँपालिकाको कार्यालयसम्म पुग्ने सडक खण्ड धमाधम कालोपत्रे गर्ने काम सुरु हुन लागेकोले ४ दिन बन्द गरिएको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत २७ करोड लागतको बजेटमा ८ किलोमिटर सडक कालोपत्रे हुन लागेकोले त्यस सडक मार्ग भएर चल्ने साना तथा ठुला सवारी साधनलाई वैकल्पिक मार्ग भएर सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ । अहिले घ्याम्पेसाल हुदै पाँचखुबा, देउराली हुदै ताकुकोट सडक खण्ड अन्तर्गत २०८१ चैत ११ गतेबाट २०८१ चैत १४ गतेसम्म सडक बन्द हुने भएकाले सडक यात्रुमा पर्न गएको असुविधाप्रति गाउँपालिका सजग रहेको गाउँपालिकाले सोमबार निकालेको सूचनामा भनिएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...