गुमनाम कोप्चे, पुनस्जागरण अभियानबाट ‘सुन्तले सहर’

Published on

काठमाडौँ । पुराना शैलीका तर सुन्दर सुन्तले रङ्गमा सजिएका एकैनासका घर । एउटै रङ्गमा सजिएका ठाउँ ठाउँमा पाटी पौवा र नेवारी रहनसहन । ठाउँ ठाउँमा झिँगटी तथा विभिन्न पुराना कलाकृति झल्कने घर । पाटी पौवामा बसिरहेका आगन्तुक तथा स्थानीय । केही होमस्टे, केही आधुनिक होटेल, अधिकांश घरमा पसल । यो पछिल्लो समय धनकुटाको कोप्चेले पाएको नयाँ पहिचान हो । धनकुटा नगरपालिका ५ मा रहेको कोप्चेले नयाँ पहिचानमै नयाँ नामसमेत पाएको छ । त्यो हो सुन्दर सुन्तले सहर । करिब तिन वर्षअघिसम्म गुमनाम रहेको कोप्चे त्यस यता भने केही जुर्मुराएको छ । कोप्चे पुनर्जागरण अभियानमा स्थानीय जुटेपछि कोप्चे पुन जुर्मुराएको हो । चरो मुसो नपुग्ने कोप्चेमा अहिले पर्यटक आउन थालेका छन् । बन्द रहेका अधिकांश घरमा व्यापार सुरु भएको छ ।

भत्किन लागेका पुराना घर र हेर्दै बिजोगलाग्दो अवस्थामा रहेको कोप्चे अहिले भने सुन्दर सुन्तले सहरको रूपमा परिवर्तन हुन सफल भएको हो । अधिकांश बन्द रहेका घर पुनः खोलिन थालेका छन् । कोप्चे पुनर्जागरण अभियान सुरु भएपछि कोप्चेले काँचुली फेर्न थालेको स्थानीय कृष्णमाया श्रेष्ठ बताउनुहुन्छ । “करिब तिन दशकसम्म यो स्थान सुनसान रह्यो मानिसै नआउने दिउँसै स्याल कुद्ने अवस्था रहेको थियो तर अहिले एकाएक अवस्था फेरिएको छ पर्यटक आउन थालेका छन्,” श्रेष्ठ भन्नुहुन्छ । त्यसो त कोप्चे सधैं गुमनाम थिएन । यो धनकुटाको मात्र नभई पूर्वी पहाडको व्यापारिक हब थियो । जति बेला धनकुटाभन्दा माथि सडक पुगेको थिएन । करिब दुई सय वर्ष अघिदेखि सुरु भएको कोप्चेको चहलपहल २०४२/४३ सालसम्म रह्यो । २०४२ सालमा सडक धनकुटासम्म पुग्यो । अनि धनकुटाबाट सडक उकालो लागेसँगै जिल्लाका अन्य क्षेत्रलाई त फाइदा पुग्यो तर कोप्चेका लागि भने सडक दुर्भाग्य नै बन्न पुग्यो ।

करिब २०५० सालपछि भने शून्य भएको राजेन्द्र प्रधान बताउनुहुन्छ । “यो बिचमा धेरै कोप्चेवासीले कोप्चे छाडे, जसका कारण कोप्चे गुमनाम बन्यो, तर पुनः अहिले तल्लो कोप्चे र माथिल्लो कोप्चे मिलेर पुरानो रौनकता फर्काउन विभिन्न अभियान सञ्चालन गरेपछि केही रौनकता आएको छ,” श्रेष्ठ भन्नुहुन्छ । तर पहिलेको व्यापारिक हबलाई अब भने पर्यटकीय हब बनाउने उद्देश्य स्थानीयको छ । त्यही अभियान अन्तर्गत कोप्चेका सम्पूर्ण घरहरुमा सुन्तले रङ्ग लगाएर सुन्तले सहर (ओरेन्ज सिटी), फूल रोपेर फूलको सहर अभियानसहित त्यहाँको सम्पदा र धरोहर जोगाउन विभिन्न कदम चालिएको छ ।

त्यस्तै वर्षमा दुइ पटकसम्म कोप्चे उत्सव आयोजना गरीरहेको छ । उत्सव अन्यत्रको भन्दा फरक हुने गरेको कोप्चे पुनर्जागरण अभियानका सदस्य गोविन्द राई बताउनुहुन्छ । जहाँ मैलिक खेलहरु, दुना टपरा गाँस्ने प्रतियोगिता, नेवारी र धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको विभिन्न मौलिक खानाका स्टल, जातीयता झल्काउने कला संस्कृति, भेषभूषा रहनसहन, नृत्य तथा साङ्गीतिक प्रस्तुति मात्र देख्न पाइने राईको भनाइ छ । यी कार्यले कोप्चे अवलोकनको लागि आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको छ । त्यसो त कोप्चेमा पछिल्लो समय ठुला लगानीमा होटल खुल्न थालेका छन् । त्यस्तै व्यापार व्यवसाय पनि थपिँदो अवस्थामा छ । माथिल्लो कोप्चेमा स्टार होटल मुर्चुङ्गा सञ्चालनमा आएको छ । त्यस्तै तल्लो कोप्चेमा रेष्टुरेन्ट तथा पाहुना घर सञ्चालनमा छ । यी बाहेक मिनि मार्केट होमस्टे तथा विभिन्न पसलहरु सुरु भएको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्जल कर्माचार्य बताउनुहुन्छ । “यहाँ २०५० साल यता धेरै ब्यापार बन्द भएसँगै धेरै घर बन्द गरेर अधिकांश बसाइँ सरे तर अहिले ती घर खुल्न थालेका छन्,” कर्माचार्य भन्नुहुन्छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...