ब्यारेजभित्र सडेको शव फेला

Published on

काठमाडौँ । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरामा बेवारिसे पुरुषको शव फेला परेको छ । बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा ब्यारेजमा पहिचान खुल्न नसकेको व्यक्तिको शव फेला परेको हो । नाम, ठेगाना खुल्न नसकेको पुरुषको सिँचाइका लागि बनाइएको ब्यारेजभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो । स्थानीय गाउँलेले ब्यारेजभित्र सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । बक्स पाइन्ट र टि–सर्ट लगाएका पुरुषको शव सडिसकेकाले हुलिया खुलाउन समेत समस्या परेको प्रहरी निरीक्षक सिंहले बताउनुभएको छ । उहाँले शवको पहिचान खुलाउन मातहतका प्रहरी युनिटमा पत्राचार तथा नजिकका गाउँमा सोधखोज गरिरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...