एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाखसम्मको पुरस्कार

Published on

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ । गाउँपालिकाको शिक्षा समितिको चैत २ गते निर्णय अनुसार ३.९० देखि ३.९९ जिपिए ल्याउनेले ५१ हजार र ३.८० देखि ३.८९ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार गाउँपालिकाले प्रदान गर्नेछ । यो वर्ष छत्रकोट गाउँपालिकाका दुई परीक्षा केन्द्रबाट एक सय पाँच जना छात्रा र एक सय २२ छात्र गरेर दुई सय २७ जनाले एसईइ परीक्षा दिइरहेको छत्रकोट गाउँपालिकाले शिक्षा शाखाका प्राविधिक सहायक बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०८० मा छात्रा एक सय ५२ र छात्र एक सय ४४ गरेर दुई सय ९७ विद्यार्थीले एसइई दिएका थिए भने ०७९ सालमा छात्रा दुई सय र छात्र एक सय ५३ गरेर तीन सय ५३ जना एसइई परीक्षामा सहभागी भएका थिए । छत्रकोटमा नौ सामुदायिक र एक संस्थागत गरेर १० मावि, चार आधारभूत र १४ प्रावि छन् । गाउँपालिकाले पहिलेदेखि नै २.८ जिपिए ल्याएर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्लस टु पढ्नेलाई पूर्ण छात्रवृत्ति तथा प्लस टु गरेर गाउँपालिकाभित्र स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...