एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाखसम्मको पुरस्कार

Published on

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ । गाउँपालिकाको शिक्षा समितिको चैत २ गते निर्णय अनुसार ३.९० देखि ३.९९ जिपिए ल्याउनेले ५१ हजार र ३.८० देखि ३.८९ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार गाउँपालिकाले प्रदान गर्नेछ । यो वर्ष छत्रकोट गाउँपालिकाका दुई परीक्षा केन्द्रबाट एक सय पाँच जना छात्रा र एक सय २२ छात्र गरेर दुई सय २७ जनाले एसईइ परीक्षा दिइरहेको छत्रकोट गाउँपालिकाले शिक्षा शाखाका प्राविधिक सहायक बिनोद न्यौपानेले जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०८० मा छात्रा एक सय ५२ र छात्र एक सय ४४ गरेर दुई सय ९७ विद्यार्थीले एसइई दिएका थिए भने ०७९ सालमा छात्रा दुई सय र छात्र एक सय ५३ गरेर तीन सय ५३ जना एसइई परीक्षामा सहभागी भएका थिए । छत्रकोटमा नौ सामुदायिक र एक संस्थागत गरेर १० मावि, चार आधारभूत र १४ प्रावि छन् । गाउँपालिकाले पहिलेदेखि नै २.८ जिपिए ल्याएर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्लस टु पढ्नेलाई पूर्ण छात्रवृत्ति तथा प्लस टु गरेर गाउँपालिकाभित्र स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...