युक्रेन विषयक अमेरिका-रुस वार्ता ‘उपयोगी’, वार्ता जारी रहनेछ : रुसी वार्ताकार

Published on

काठमाडौँ । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने बताएका छन् । “हामीले सबै कुराबारे कुरा गर्यौ, यो एक तीव्र संवाद थियो, सजिलो थिएन, तर हामी र अमेरिकीहरूका लागि धेरै उपयोगी थियो”, सरकारी समाचार संस्था तासलाई ग्रिगोरी करासिनले ‘धेरै समस्या छलफल गरिएको छ’ भन्दै बताउनुभयो । “निश्चय नै हामी सबै कुरा समाधान गर्नबाट टाढा छौँ, सबै बुँदामा सहमत हुनबाट टाढा छौँ, तर लाग्छ कि यस प्रकारको छलफल धेरै समयोचित छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायलाई समावेश गर्दै, मुख्यरूपमा संयुक्त राष्ट्र र केही देशहरूलाई समावेश गर्दै हामी यसलाई जारी राख्नेछौँ ।”

साउदी अरबको एक विलासी होटलमा अमेरिकी र रुसी टोलीले १२ घण्टा वार्ता गरेको एक दिनपछि उहाँले यस्तो बताउनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको युद्धको द्रुत अन्त्यका लागि दबाब दिइरहनुभएको छ र साउदी राजधानीमा पछिल्लो चरणको वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा गर्नुभएको छ । यसअघि तासले एक स्रोतलाई उद्धृत गर्दै वार्ताको संयुक्त वक्तव्य मङ्गलबार प्रकाशित हुने बताएको थियो । सुस्पिलेन समाचारलाई एक स्रोतले बताएअनुसार युक्रेनी वार्ता टोली अर्को दिनसम्म रियादमा बस्ने छ र अमेरिकी प्रतिनिधिहरूसँग भेट गर्नेछ । अर्को स्रोतले एएफपीलाई दोस्रो भेट हुने सम्भावना बताएको छ-जुन प्रगति भएको सङ्केत हो । रासस/एएफपी

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...