एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

Published on

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । परीक्षा भइरहेको बेला बाहिरबाट चिट बोकेर केन्द्रमा प्रवेश गरेको आरोपमा समसी ५ पोखरभिन्डाका ४५ वर्षीया विनित झालाई खखना केन्द्रबाट तथा बलवा १ बञ्चौरीका २२ वर्षीय रोहित साहलाई धमौरा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका झालाई इलाका प्रहरी कार्यालय गौशाला तथा साहलाई इलाका प्रहरी लोहरपट्टीले सोधपुछ गरिरहेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताउनुभयो ।

अनुगमन टोलीले निगौल केन्द्रबाट परीक्षार्थीको साथबाट एक थान मोवाइल बरामद गरेको उहाँको भनाइ छ । त्यस्तै परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा २ जना निरीक्षकमाथि कारवाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वको परीक्षा अनुगमन टोलीले जनता मावि कोल्हुवा केन्द्रका निरीक्षक सीतेन्द्रराज शरणमाथि कारवाही गरेको हो । अनुगमनका क्रममा शरणले अमर्यादित कार्य गरेको भेटिएपछि परीक्षा अवधीभरका लागि निष्कासन गरिएको न्यौपानेले बताउनुभयो । लगत्तै शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख रेविका अमात्यको नेतृत्वमा रहेको अनुगमन टोलीले रामदेव जनता मावि भमरपुराका निरीक्षक रानाकुमार यादवलाई पनि परीक्षा अवधीभरको लागि निष्कासन गरेको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...