प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

Published on

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू र प्रधानमन्त्री ओली जेलमासँगै बसेको त्यही बेलादेखिको साथी भएको बताउनुभयो । उहाँले आफूहरुबिच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत भावना रहेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “ओलीजी र हाम्रो पार्टीको बिचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।” सभापति देउवाले स्व. गिरिजाप्रसाद कोईराला निडर व्यक्ति रहेको बताउनुभयो ।

ताजा समाचार

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष प्रचण्डको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा...

वीरगन्जमा महिलाको शव फेला

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक...

पत्रकार हत्या र मिडियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौँ । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न...

कालिगण्डकी कोरिडोर सडक आयोजनामा बजेट अभाव

काठमाडौँ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोरको निर्माणधिन माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजनामा...