बारामा ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन

Published on

काठमाडौँ । चालु आर्थिक वर्ष ०८१/८२ मा बाराका कृषकहरुले ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन गरेका छन् । यस वर्ष १० हजार हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गर्दा ११ हजार २ सय मेट्रिकटन तेलहन बाली उत्पादन भएको कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । गत वर्ष ०८०/८१ मा १० हजार २ सय हेक्टर क्षेत्रफलमा तेलहन खेती हुँदा ११ हजार २ सय २० मेट्रिकटनले तेलहन बाली उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २ सय हेक्टर क्षेत्रफलमा तेलहन खेतीमा कमी भएको छ ।

यसैगरी चालु आर्थिक वर्ष ०८१/०८२ जिल्लाका विभिन्न भेगमा गरी जम्मा ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको छ। जिल्लाको प्रायःसबै क्षेत्रमा गहुँ खेती हुने भएकाले सबै क्षेत्रका कृषकहरुले भृकुटी, बिजय, एनएल ९७, आदित्य, नेपाल ९७१, २९७ जातको गहुँको खेती गरेका हुन् । केहि दिनमै पाक्न लागेको गहुँ बाली भित्राउन किसानलाई चटारो हुनेछ । बदल्दिो मौसम तथा खेतीको दोस्रो बालीमा बढी हाँवाहुरी, असिनापानी आउने गरेकाले गहुँ भित्र्याउनमा अन्य कार्य छोडेर कृषकहरु बाली सुपार्नमा सपरिवार लाग्ने गर्छन् । गत वर्ष ०८०/०८१ मा ३० हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गरेकोमा ३ मेट्रिकटनले ९० हजार मेट्रिकटन गहुँ उत्पादन भएको कार्यालयका अर्थबिज्ञ गणेश महराले जानकारी दिनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...