वीरगन्जमा महिलाको शव फेला

Published on

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । प्रहरीका अनुसार अग्रवालको मृत्युका कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जङ्गली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिबार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भन्नुभयो, ‘‘शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्ने छ ।’’ प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण सङ्कलन गरिरहेको बताएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...