बेनी रिङरोड स्तरोन्नति सुरु

Published on

काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति योजना सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो । योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेभीसँग ठेक्क सम्झौता गरेको कार्यालयका इन्जिनियर विरबल सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका ८ कालीपुलस्थित कालीगण्डकी पक्की मोटरेबल पुलदेखि अगाडि नौ सय मिटर दूरीसम्म ५ देखि ६ मिटर चौढाईमा नालीसहित सडक ढलान गरिने छ । ठेक्का सम्झौता गरी निर्माण व्यावसायी कार्यस्थलमा परिचालन भएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले अगाडि बढाएको दस वटा नमूना नगरपालिका कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरे अनुसार बजेट विनियोजन भएर योजना अघि बढेको नगर प्रमुख सुरत केसीले बताउनुभयो । नगर प्रमुख सुरत केसीले भन्नुभयो, “रिङरोड स्तरोन्नति भएपछि ठुला सवारीसाधनलाई रिङरोडबाट आवतजावत गर्न सहज हु्ने छ । अहिले रिङरोड हिँउदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे भएर सास्ती भएको छ । रिङरोडबाट उडेको धुलो बजार सम्म आइपुग्ने गरेको छ । यो वर्षको योजनाले काली पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्म करिब नौ सय मिटर सडक ढलान हुन्छ । रिङरोडलाई सम्पन्न गर्न आगामी वर्ष पनि बजेट माग गर्ने नगरको योजना छ ।” उपकरण र मजदुर परिचालन गरी योजना सम्झौता मिति भित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी काम थालिएको निर्माण व्यावसायी सुवासचन्द्र कार्कीले बताउनुभयो । रिङरोड स्तरोन्नति भएपछि रिङरोडबाट उडेको धुलो बजार भित्र आउने समस्या हट्नुका साथै बजार भित्रको सडकमा सवारीसाधन जाम हुने पनि समस्या पनि हट्ने बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो। रिङरोड स्तरोन्नति निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूलहरू रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...