प्रधानमन्त्री ओलीद्वारा पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सोमबार नेकपा एसको पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो ।

यसैगरी, श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेतारकार्यकर्ताहरूको भिड लागेको छ । श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले कोइराला पत्रकारकाहरूको पनि आदर्श व्यक्तित्व भएको बताउनुभयो । त्यस्तै, पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिनुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...