धनकुटामा एमालेको बृहत् मोटरसाइकल र्‍याली

Published on

काठमाडौँ । नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिविधिको विरोधमा मोटरसाइकल र्‍याली गरेको हो । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । विभिन्न प्ले कार्डसहित र्‍यालीमा ६ सय भन्दा बढी मोटरसाइकलसहित कार्यकर्ताले उपस्थीती रहेको आयोजकले जनाएको छ । र्‍याली अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको तथा, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...