‘डिजिटल साक्षरतामा सरकारले काम गरिरहेको छ’

Published on

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल प्रविधिमार्फत विकास निर्माणको काम सुरु गरेको बताउनुभएको छ । आज यहाँ आयोजित ३४ औं ए।डब्लु।जे कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपालले डिजिटल साक्षरताको क्षेत्रमा काम गरिरहेको चर्चा गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “नेपालले डिजिटल फ्रेमवर्क अभियानमार्फत नेपालको शासकीय व्यवस्थालाई प्रविधियुक्त बनाइरहेको छ, यसले नेपालको विकासमा सहयोग पुग्नेछ ।” प्रविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री गुरुङले नेपाल भौगोलिक विकटता र विविधतायुक्त मुलुक भएको चर्चा गर्नुहुँदै प्रविधिको विकासले नेपाललाई विश्वसँगको कनेक्टिभिटीमा सहयोग गर्ने बताउनुभयो । नेपालले डिजिटल साक्षरता, साइबर सेक्युरिटी र एआई विषयमा नागरिकलाई प्रशिक्षित गरिरहेको उहाँले बताउनुभयो । डिजिटल प्रविधिमा विश्वले ठुलो फड्को मारिसकेको भए पनि नेपालले अझै यसमा फड्को मार्न बाँकी रहेको भए पनि त्यसकालागि प्रयास गरिरहेको उहाँले धारणा राख्नुभयो । कार्यक्रमबाट डिजिटल प्रविधिका विषयमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...