‘डिजिटल साक्षरतामा सरकारले काम गरिरहेको छ’

Published on

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल प्रविधिमार्फत विकास निर्माणको काम सुरु गरेको बताउनुभएको छ । आज यहाँ आयोजित ३४ औं ए।डब्लु।जे कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपालले डिजिटल साक्षरताको क्षेत्रमा काम गरिरहेको चर्चा गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “नेपालले डिजिटल फ्रेमवर्क अभियानमार्फत नेपालको शासकीय व्यवस्थालाई प्रविधियुक्त बनाइरहेको छ, यसले नेपालको विकासमा सहयोग पुग्नेछ ।” प्रविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री गुरुङले नेपाल भौगोलिक विकटता र विविधतायुक्त मुलुक भएको चर्चा गर्नुहुँदै प्रविधिको विकासले नेपाललाई विश्वसँगको कनेक्टिभिटीमा सहयोग गर्ने बताउनुभयो । नेपालले डिजिटल साक्षरता, साइबर सेक्युरिटी र एआई विषयमा नागरिकलाई प्रशिक्षित गरिरहेको उहाँले बताउनुभयो । डिजिटल प्रविधिमा विश्वले ठुलो फड्को मारिसकेको भए पनि नेपालले अझै यसमा फड्को मार्न बाँकी रहेको भए पनि त्यसकालागि प्रयास गरिरहेको उहाँले धारणा राख्नुभयो । कार्यक्रमबाट डिजिटल प्रविधिका विषयमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्दै उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...