रोजगार मेलाबाट ९३ जनाले रोजगारी पाए

Published on

काठमाडौँ । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो संख्यामा बेरोजगारहरु पुगेको बताउनुभयो । उहाँले आवेदन दिएकामध्येबाट रोजगारदाता र रोजगार खोज्नेबिच प्रत्यक्ष संवाद गराई मेलास्थलमै ९३ जनाको रोजगारी ग्यारेन्टी गरिएको र अन्यलाई पनि सम्पर्कमा रहन भनिएको बताउनुभयो ।

मेलामा रोजगारदाताका ४० वटा स्टलहरु राखिएको जनाउँदै संघका अध्यक्ष धामीले आवेदन दिने एक हजार ४५ जना मध्ये ६०२ जनाले तालिम आवश्यक रहेको भन्दै आवेदन दिएको र अन्य ४०० बढीले सीप भए पनि काम नभएको भन्दै आवेदन दिएको बताउनुभयो । रोजगार मेलाका परामर्शदाता सरोज चौधरीले अपाङ्गता भएका ७ जनालाई नेपालगन्जका होटलहरुले मेलास्थलमै नियुक्तिपत्र दिएको जनाउँदै अन्य ९३ जनाको पनि रोजगारको ग्यारेन्टी भएको बताउनुभयो । उहाँका अनुसार मेलामा रोजगार खोज्दै बाँकेका ८ वटै स्थानीय तहका विभिन्न गाउँ र टोलबाट आएका बेरोजगारको लर्को लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो ।

संघले जिल्लामै पहिलो पटक रोजगार मेला आयोजना गरेको जनाउँदै संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले तीन तहकै सरकारसँग समन्वय र सहकार्य गरेर जिल्लाका लागि आवश्यक जनशक्ति उत्पादन गरिने बताउनुभयो । संघले रोजगार मेलामा कृषि र पर्यटनका विषयमा सरोकारवालाबिच छुट्टाछुट्टै संवाद गरेको थियो । सरोकारलाहरुले रोेजगारी सिर्जनाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको वरिष्ठ उपाध्यक्ष ओलीले बताउनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...