रोजगार मेलाबाट ९३ जनाले रोजगारी पाए

Published on

काठमाडौँ । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो संख्यामा बेरोजगारहरु पुगेको बताउनुभयो । उहाँले आवेदन दिएकामध्येबाट रोजगारदाता र रोजगार खोज्नेबिच प्रत्यक्ष संवाद गराई मेलास्थलमै ९३ जनाको रोजगारी ग्यारेन्टी गरिएको र अन्यलाई पनि सम्पर्कमा रहन भनिएको बताउनुभयो ।

मेलामा रोजगारदाताका ४० वटा स्टलहरु राखिएको जनाउँदै संघका अध्यक्ष धामीले आवेदन दिने एक हजार ४५ जना मध्ये ६०२ जनाले तालिम आवश्यक रहेको भन्दै आवेदन दिएको र अन्य ४०० बढीले सीप भए पनि काम नभएको भन्दै आवेदन दिएको बताउनुभयो । रोजगार मेलाका परामर्शदाता सरोज चौधरीले अपाङ्गता भएका ७ जनालाई नेपालगन्जका होटलहरुले मेलास्थलमै नियुक्तिपत्र दिएको जनाउँदै अन्य ९३ जनाको पनि रोजगारको ग्यारेन्टी भएको बताउनुभयो । उहाँका अनुसार मेलामा रोजगार खोज्दै बाँकेका ८ वटै स्थानीय तहका विभिन्न गाउँ र टोलबाट आएका बेरोजगारको लर्को लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो ।

संघले जिल्लामै पहिलो पटक रोजगार मेला आयोजना गरेको जनाउँदै संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले तीन तहकै सरकारसँग समन्वय र सहकार्य गरेर जिल्लाका लागि आवश्यक जनशक्ति उत्पादन गरिने बताउनुभयो । संघले रोजगार मेलामा कृषि र पर्यटनका विषयमा सरोकारवालाबिच छुट्टाछुट्टै संवाद गरेको थियो । सरोकारलाहरुले रोेजगारी सिर्जनाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको वरिष्ठ उपाध्यक्ष ओलीले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...