गणतन्त्रको पक्षमा एमालेको जागरण सभा

Published on

काठमाडौँ । नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा काठमाडौंको तीनकुने क्षेत्रमा जागरण सभा आयोजना गरेको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार तीनकुने क्षेत्रको भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ । उहाँका अनुसार भेलामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय विभाग, काठमाडौं उपत्यका प्रदेश समिति, युवा, महिला लगायतका २२ वटा जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुभएको छ ।

तीनकुने क्षेत्रमा आयोजित भेलामा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहित नेताहरु राजन भट्टराई, काशीनाथ अधिकारी, डा. भीष्म अधिकारी लगायतका नेताहरु सहभागी हुनुभएको छ । उहाँले तीनकुने क्षेत्रबाट सुरु भएको मोटरसाइकल र्‍याली भक्तपुरमा समापन हुने जानकारी दिनुभयो । त्यसो त एमालेले देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा सोमबार गणतन्त्रका पक्षमा जागरण सभा तथा मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । उहाँले आज दिउँसो ४ बजेदेखि सुरु भएको जागरणसभामा १५ हजार बढीको सहभागिता रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...