लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

Published on

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजना आवश्यक भएको बताउनु भएको हो। उहाँले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताउनुभयो।

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिनु भयो। श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा गरी अघि बढ्नु आवश्यक भएको बताउनुभयो। अर्थ सचिव घनश्याम उपाध्यायले सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...