राजावादीले अराजकता मच्चाए : पूर्व प्रधानमन्त्री नेपाल

Published on

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजावादीको नाममा भइरहेको अराजक गतिविधि कुनै ‘ग्रान्ड डिजाइन’ अन्तरगत भएको टिप्पणी गर्नुभएको छ। राजावादीका नाममा भइरहेका पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गर्ने भन्नुहुँदै उहाँले पछल्लो समयका गतिविधि त्यसै अन्तर्गत भइरहेको बताउनुभयो। नेकपा एकीकृत समाजवादीको मोरङ जिल्ला अधिवेशन उद्घाटन गर्न आउनुभएका अध्यक्ष नेपालले पत्रकारसँग कुरा गर्दै मान्छे जम्मा पारेर उफ्रिनुलाई आन्दोलन र लोकप्रियता मान्न नसकिने बताउनुभएको हो।

अध्यक्ष नेपालले राजतन्त्र पुनर्स्थापनाको सम्भावना नरहेको पनि जिकिर गर्नुभयो। उहाँले नेपाली जनताले नै खारेज गरिसकेको राजसंस्था र राजा फर्किने कुनै सम्भावना नरहेको पनि बताउनुभयो। राजाको परिभाषालाई प्रष्ट पार्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ। कुनै महात्मा वा साधु हुनुपर्छ ’ पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक हैसियतमा रहेका एउटा व्यापारी हुन्।’ नेपालमा रगतका आाधारमा वा वंशका आधारमा शासन गर्ने प्रणाली अन्त्य भइसकेकोले फेरि नफर्किने उहाँले प्रष्ट पार्नुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...