सप्तरीका किसानलाई गहुँ भित्र्याउने चटारो

Published on

काठमाडौँ । सप्तरीका किसानलाई गहुँ काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको दोस्रो बालिको रूपमा रहेको गहुँ काट्न किसानलाई भ्याइनभ्याई छ । अहिले अन्य कामलाई थाती राखेर भए पनि यहाँका किसान गहुँ काट्न र भण्डारण गर्न व्यस्त छन् । राजविराज नगरपालिका १ कि ४८ वर्षीया दुर्गादेवी रजकले भन्नुभयो, पाँच कट्ठा जग्गामा गहुँ खेती गरेकी छु । काट्न ढिला भइसक्यो । आजदेखि बल्ल काट्न सुरु गरेका छौं । मलाई र श्रीमानलाई गहुँ काट्न पाँच दिन लाग्छ । दौनी गर्न र सुकाएर राख्न दस दिन समय खर्चिनु पर्ने उहाँले बताउनुभयो ।सप्तरीको विष्णुपुर गाउँपालिका ६ कि ४४ वर्षीया रूकमिणी सदाले भन्नुभयो, किसानलाई गहुँ काट्ने र भित्र्याउने चटारो छ । हिजोआज हामी गाउँको खेतमा गहुँ काट्दै गरेको भेटिन्छौं । अहिले यश जिल्लाको खेतहरूमा जता हेर्यो उतै गहुँ काटेको भेटिने गरेको राजविराज नगरपालिका १३ का ५५ वर्षीया अनितादेवी चौधरीले बताउनुभयो ।

राजविराज नगरपालिका ११ कि अनितादेवी साहले दुई बिघा जग्गामा गहुँ उत्पादन गर्नुभएको छ । उहाँले लगाउनुु भएको गहुँ काट्ने बेला भइसकेकोले आजदेखि काट्न सुरू गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसपाली गहुँ राम्रो सप्रिएको छ । समय कतिबेला के हुन्छ रु भन्न सकिँदैन । गहुँ काटेर भित्र्याउने काम अहिले हाम्रो पहिलो प्राथमिकतामा छ ।’ कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुुन देव राउतले यसपाली सप्तरीमा ८८ हजार २ सय मेट्रिकटन गहुँ उत्पादन भएको बताउनुभयो । उहाँ भन्नुुभयो, ‘गत वर्षको तुलना समयमा गहुँ छर्केको र मौसम अनुकुल रहेकोले केही बढी उत्पादन भएको हो ।’ यस वर्ष जिल्लामा २९ हजार ४ सय हेक्टर क्षेत्रफल जग्गामा गहुँ खेती भएको थियोे । जिल्लामा कुल कृषि योग्य जग्गा ८१ हजार हेक्टर क्षेत्रफल छ । जसमध्ये ७० हजार हेक्टर क्षेत्रफल जग्गामा खेती भइरहेको छ । खेती भइरहेको ७० हेक्टर जग्गा मध्ये २३ हजार ८ सय अर्थात ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ रहेको उहाँले जानकारी दिनुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...