बर्दियामा एमाको जागरण अभियान

Published on

काठमाडौँ । नेकपा एमाले बर्दियाले बर्दियाको गुलरियामा जागरण अभियान सञ्चालन गरेको छ । बर्दिया जिल्लाभरिका करिब चार हजार कार्यकर्ता जम्मा गराएर एमाले बर्दियाले गुलरियामा जागरण अभियान गरेको हो । जागरण अभियानमा बर्दिया जिल्लाभरिका कार्यकर्ता र जनवर्गिय सङ्गठनका सदस्यहरू उपस्थित थिए । गुलरियाको चारै दिशाबाट र्‍याली लगाउँदै राधाकृष्ण चोकमा कार्यकर्ताहरू जम्मा भएका थिए । र्‍यालीमा हत्यारालाई कारबाही गर्नुपर्ने, भूमिसम्बन्धी अध्यादेश पारित गर्नुपर्ने लगायतका नारा लगाएका थिए । जागरण अभियानलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञावलीले फेरी पनि केहि सिमित व्यक्तीहरूको स्वार्थमा गणतन्त्र माथि धावा बोल्न खोजिएको बताउनुभयो । जनताको ठुलो बलिदान र त्यागबाट ल्याएको गणतन्त्र माथी कसैले आँखा लगाएमा नेपाली जनताले सहन नसक्ने उहाँले बताउनुभयो । नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले राष्ट्र ठग्ने ठगहरू फेरि राष्ट्रियताको आन्दोलनको नेतृत्व गर्ने भनेर अगाडि बढिरहेको बताउँदै त्यसको विरोधमा जागरण अभियान गरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...