अस्पताललाई आर्थिक सङ्कट

Published on

काठमाडौँ । अछामको बयलपाटा अस्पतालमा चुलिएको आर्थिक सङ्कटले जुनसुकै बेला स्वास्थ्य सेवा रोकिन सक्ने अवस्था उत्पन्न भएको छ । अस्पतालको जनप्रशासन विभागले चैत ५ गते एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक सङ्कटको सामना गरिरहनु परेकाले रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको पदपूर्ति गर्न नसकेको जनाएको छ । आर्थिक अभावका कारण बिरामीलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामग्रीको खरिद, भण्डारण तथा आपूर्ति गर्नसमेत कठिनाइ भइरहेको सो अस्पतालले जनाएको छ । सेवाग्राहीलाई समयभित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकता अनुसार सबै औषधी उपलब्ध गराउन समस्या हुँदै आएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

अस्पतालमा आवश्यक जनशक्तिको अभावका कारण उपचारका लागि अस्पताल आएका बिरामीले आजैको आज उपचार सेवा प्राप्त गर्न नसके फेरि अर्को दिन अस्पताल आउनुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने अस्पतालले जनाएको छ । बयलपाटा अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा दिइरहेको छ । सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा अस्पताल स्थापना भएको थियो । अस्पतालले २०७८/७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको अस्पतालका मेडिकल निर्देशक एवं हाडजोर्नी विशेषज्ञ डा. मन्दीप पाठकले बताउनुभयो । ५० शय्याको सो अस्पतालमा अहिले सात जना चिकित्सक र २० जना नर्स छन् ।

सो अस्पतालले विशेष गरेर ग्रामीण क्षेत्रमा रहेका उपचार नपाएका र बाहिर गएर उपचार गर्न सक्ने आर्थिक अवस्था नभएका बिरामीलाई बढी केन्द्रित गरेर सेवा दिँदै आएको छ । “अस्पतालमा हातखुट्टा भाँचिएका, हड्डी भाँचिएका बिरामी आउने गरेका छन् । त्यस्ता बिरामी राम्रो उपचारका लागि तुरुन्तै अन्यत्र जाने अवस्था हुँदैन,” पाठकले भन्नुभयो, “ग्रामीण भेगमा रहेका बिरामीलाई अस्पतालसम्म ल्याउने गरेर अस्पतालले सेवा दिइरहेको छ ।” अस्पतालले दिइरहेको प्रसूति सेवामा कार्यरत एमडिजिपी पनि अन्यत्रै जान लागेकाले प्रसूति सेवा पनि प्रभावित हुन सक्ने डा. पाठकले बताउनुभयो । सो अस्पताल गैरसरकारी क्षेत्रले चलाएकाले आर्थिक सहयोग गर्न प्रदेश र सङ्घीय सरकार तयार छैनन् । डा. पाठकले भन्नुभयो, “सुरुका वर्षमा प्रदेशले सहयोग गरे पनि पछि कानुनी अडचन देखाउँदै सहयोग गर्न छाडेको छ ।”

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...