प्याजका बेर्नाबाट ६० हजार आम्दानी

Published on

काठमाडौँ । ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपियाँ आम्दानी गरेका छन् । पछिल्लो समय प्याज खेतीलाई व्यवसायीक रुपमा थालिएपछि प्याजको बेर्ना पनि आम्दानीको स्रोत बनेको हो । सिमकोट गाउँपालिका– ५ की अगुवा किसान गीता रोकायाले यस पटक प्याजका बेर्ना बिक्री गरेर ६० हजार आम्दानी भएको बताउनुभयो । उहाँले ग्रीन हाउसमा उत्पादन गरेको बेर्ना लगाउने समय भएपछि बिक्री सुरु गरिएको बताउनुभयो । बिगत तीन वर्षदेखि प्याजका बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएको रोकायाको आम्दानीको स्रोत बेना समेत भएको छ ।

बेर्ना प्रति बोट एक रुपियाँ वा मुठ्ठाका एक सय रुपियाँमा बिक्री गर्ने गरेको जानकारी उहाँले दिनुभयो । जिल्लामा प्याजको व्यवसायीक खेती सुरु भएपछि बेर्ना बिक्री राम्रो हुन थालेको बताउनुहुँदै उहाँले आफुलाई राम्रो फाइदा भएको बताउनुभयो । उहाँले वर्षमा तीन लटमा प्याजका बेर्ना उत्पादन गर्दै आउनुभएको छ । रोकायाले कृषिसँग सम्बन्धित काम गर्ने निकायबाट तालिम लिएर तरकारी तथा फलफुल खेती गर्दै आउनुभएको छ । जिल्लामा प्याज खेती हुन थालेपछि बाहिरबाट प्याज आयातमा कमी समेत आउन थालेको छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...