ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

Published on

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पुर्‍याएको योगदान र सहयोगप्रति धन्यवाद दिनुभयो । मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना शोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गर्नुभयो । उहाँले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न रसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

मन्त्री खड्काले नेपालको प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रीड, हरित ऊर्जालगायतका क्षेत्रमा लगानीको वातावरण मिलाउन राजदूतमार्फत रसियाली कम्पनीलाई आग्रह गर्नुभयो । भेटमा नेपालका लागि रसियाली राजदूत एलेक्सीले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानी गर्न रसियनहरु इच्छुक रहेको बताउनुभयो । राजदूत एलेक्सीले रसियामा आगामी जुन महिनामा हुने सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मे महिनामा हुने नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबर महिना हुने रसियन इनर्जी वीकमा भाग लिन मन्त्री खड्कालाई आमन्त्रण गर्नुभएको थियो । रासस

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...