ब्रान्ड बन्दै मही

Published on

काठमाडौँ । धनकुटा नगरपालिका वडा नम्बर १ का डेरी व्यावसायी राजु घिमिरेले महीको ब्रान्डिङ सुरु गर्नुभएको करिब डेढ वर्ष भयो। मही खाने नेपाली पुरानो परम्परालाई विस्थापित गर्दै कोल्ड ड्रिङ्स गाउँ घर समेत छाप्छाप्ती पाइन्छ।तर धनकुटाका उद्यमी घिमिरे भने महीलाई ब्रान्डिङ गरेर कोल्ड ड्रिङ्सको साटो प्रयोग गर्नेगरी निरन्तर लागि रहनुभएको छ।उहाँ एक लिटरको बोटलमा मही प्याकिङ गर्नु हुन्छ, लेबलिङ गर्नुहुन्छ।गुणस्तरीय बनाएर मही गाउँगाउँ, सहर, बजार, सार्वजनिक कार्यक्रम जताततै पुर्‍याउनुहुन्छ।

२०७५ सालदेखि डेरी व्यवसाय सुरु गर्नु भएका घिमिरेको सिंहदेवी डेरी उद्योगले पाँच वर्षपछि २०८० सालको सुरुवातबाट ‘दुर्गा मही’ उत्पादन सुरु गर्नुभएको हो।नैनी, पनिर र छुर्पी बजारमा बिक्न छाडेपछि डेरी व्यवसायमै टिकी रहन तथा नयाँ रूप दिन फरक तरिकाले व्यापार गर्न सुरु गरिएको मही उत्पादन अहिले भने धनकुटामा ब्रान्ड बन्दै गएको छ। डेरी उद्योगबाट उत्पादित नैनी, पनिर र छुर्पी बिक्री हुन समस्या भएपछि मही उत्पादन सुरु गर्नु भएका घिमिरेलाई अहिले बजारमा महीको माग धान्नै मुस्किल छ।“व्यापार छोड्ने अवस्था आएपछि बाध्य भएर मही अरू भन्दा फरक हुन मही उत्पादन सुरु गरेको बिक्ला नबिक्ला भन्ने लाग्थ्यो तर अहिले माग धान्नै सकिएको छैन”, घिमिरे भन्नुहुन्छ। स्थानीय तहले नै महीलाई बजारको पेय पदार्थको साटो प्रयोग गर्ने वातावरण बनाउनु पर्ने घिमिरेको भनाइ छ।

मही धनकुटाका हिले, पाख्रिवास, सिधुवा लगायतका क्षेत्रमा पुग्ने गरेको छ। अहिले धनकुटाका विभिन्न कार्यक्रममा मही पुग्ने गरेको छ।डेरीमा अहिले महीसँगै नैनी, पनिर र छुर्पी उत्पादन हुँदै आएको छ।शुद्ध, स्वादिष्ट र पौष्टिक युक्त तथा विषादी रहित हुने भएकाले मही उपभोग गर्ने गरेको उपभोक्ताको भनाइ छ।अन्य पेय पदार्थ प्रयोग गर्नुभन्दा मही प्रयोग प्रयोग गर्दा धेरै स्वास्थ्यवर्धक हुने भएकाले आफूले मही प्रयोग गर्ने गरेको धनकुटाका स्थानीय विमल दाहाल बताउनुहुन्छ। महीको गुणस्तर चेक गरी प्याकिङ गरिएको करिब एक हप्तासम्म प्रयोग गर्न मिल्ने खाद्य गुणस्तर तथा नापतौल विभागले अनुमति दिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...