काम नगर्ने निर्माण कम्पनीको पेश्की फिर्ता

Published on

काठमाडौँ । समयमै काम नसक्ने निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय, स्याङ्जाले कारबाही गरेको छ । यहाँको वालिङ नगपालिका–४ रन्ते सुन्तलाबारी हुँदै मनकाामना बिरुवा गाउँपालिका जोड्ने रत्ने सुन्तलाबारी सडक सम्झौता समयमा कालोपत्रे नगरेसँगै पूर्वाधारले पेश्की रकम फिर्ता गरेको हो । जलजला निर्माण सेवाले गत फागुन १ गते काम सक्ने गरेर तीन वर्ष पहिला सम्झौता गरेकोमा ३८ प्रतिशत काम मात्र सकेको हो । समयमै काम नसक्ने र दुई महिनाबाट काम नगरेपछि पेश्की लगेको चार करोडमध्ये तीन करोड ८५ लाख ५० हजार रुपियाँ फिर्ता गरेको हो । निर्माण कम्पनीको बैँक ग्यारेन्टीबाट रकम फिर्ता गरेर प्रदेश सरकारको सञ्चित कोषमा पूर्वाधारले जम्मा गरेको हो । विभिन्न भौतिक पूर्वाधारसहित साढे नौ किमी मध्ये ३.३ किमी ढलान र ६.२ किमी प्रिमिक्स कालोपत्रे गर्ने गरेर निर्माण कम्पनीले सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले तीन हजार ९३३ घनमिटरमा तीन हजार ७३२ घनमिटर काम गरेको छ । आठ हजार ८१० घनमिटर जाली भरेको छ । कालोपत्रेसहित अन्य काम भने निर्माण कम्पनीले नगरेसँगै पूर्वाधारले कारबाही गरेको हो । २३ करोड ११ लाख ७२ हजार ९१० रुपियाँ ४५ पैसामा सभ्झौता गरी काम बापतको ३४ प्रतिशत सात करोड ९३ लाख २६ हजार १२९ रुपियाँ ९७ पैसा रकम भुक्तानी समेत कम्पनीले गरेको छ । समयमै काम नसक्ने भएपछि र कामै छाडेर निर्माण कम्पनी हिडेपछि पेश्की फिर्ता गरेको इन्जिनियर शिवप्रसाद ढुङ्गानाले बताउनुभयो । निर्माण कम्पनीलाई काम गर्न पत्राचार तथा सचेत गरेको बताउँदै ढुङ्गाना मौखिक रूपमा काम गर्छु भनेर काम नगरेको बताउनुभयो । पूर्वाधारका प्रमुख दयाराम अधिकारीले पहिलो चरणमा एकचोटी म्याद थप गर्ने र म्याद थप गरेर पनि काम नसकेमा कालोसुचीमा राख्ने र ठेक्का सम्झौता रद्द गरिने बताउनुभयो । अल्छिखोला रानी पोखरी हुँदै छाङछाङदी र बयरघारी बानेथोक सडकको काम नगर्ने बिल्र्डको सम्झौता गरेर अर्को निर्माण कम्पनीलाई निर्माणको काम दिएको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...