काम नगर्ने निर्माण कम्पनीको पेश्की फिर्ता

Published on

काठमाडौँ । समयमै काम नसक्ने निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय, स्याङ्जाले कारबाही गरेको छ । यहाँको वालिङ नगपालिका–४ रन्ते सुन्तलाबारी हुँदै मनकाामना बिरुवा गाउँपालिका जोड्ने रत्ने सुन्तलाबारी सडक सम्झौता समयमा कालोपत्रे नगरेसँगै पूर्वाधारले पेश्की रकम फिर्ता गरेको हो । जलजला निर्माण सेवाले गत फागुन १ गते काम सक्ने गरेर तीन वर्ष पहिला सम्झौता गरेकोमा ३८ प्रतिशत काम मात्र सकेको हो । समयमै काम नसक्ने र दुई महिनाबाट काम नगरेपछि पेश्की लगेको चार करोडमध्ये तीन करोड ८५ लाख ५० हजार रुपियाँ फिर्ता गरेको हो । निर्माण कम्पनीको बैँक ग्यारेन्टीबाट रकम फिर्ता गरेर प्रदेश सरकारको सञ्चित कोषमा पूर्वाधारले जम्मा गरेको हो । विभिन्न भौतिक पूर्वाधारसहित साढे नौ किमी मध्ये ३.३ किमी ढलान र ६.२ किमी प्रिमिक्स कालोपत्रे गर्ने गरेर निर्माण कम्पनीले सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले तीन हजार ९३३ घनमिटरमा तीन हजार ७३२ घनमिटर काम गरेको छ । आठ हजार ८१० घनमिटर जाली भरेको छ । कालोपत्रेसहित अन्य काम भने निर्माण कम्पनीले नगरेसँगै पूर्वाधारले कारबाही गरेको हो । २३ करोड ११ लाख ७२ हजार ९१० रुपियाँ ४५ पैसामा सभ्झौता गरी काम बापतको ३४ प्रतिशत सात करोड ९३ लाख २६ हजार १२९ रुपियाँ ९७ पैसा रकम भुक्तानी समेत कम्पनीले गरेको छ । समयमै काम नसक्ने भएपछि र कामै छाडेर निर्माण कम्पनी हिडेपछि पेश्की फिर्ता गरेको इन्जिनियर शिवप्रसाद ढुङ्गानाले बताउनुभयो । निर्माण कम्पनीलाई काम गर्न पत्राचार तथा सचेत गरेको बताउँदै ढुङ्गाना मौखिक रूपमा काम गर्छु भनेर काम नगरेको बताउनुभयो । पूर्वाधारका प्रमुख दयाराम अधिकारीले पहिलो चरणमा एकचोटी म्याद थप गर्ने र म्याद थप गरेर पनि काम नसकेमा कालोसुचीमा राख्ने र ठेक्का सम्झौता रद्द गरिने बताउनुभयो । अल्छिखोला रानी पोखरी हुँदै छाङछाङदी र बयरघारी बानेथोक सडकको काम नगर्ने बिल्र्डको सम्झौता गरेर अर्को निर्माण कम्पनीलाई निर्माणको काम दिएको थियो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...