गुल्मीको राष्ट्रिय अनुसन्धान आफ्नै भवनमा

Published on

काठमाडौँ । गुल्मीमा स्थापना भएदेखि बल्ल राष्ट्रिय अनुसन्धान कार्यालयले आफ्नै भवन पाएको छ । अहिलेसम्म जिल्ला प्रशासन कार्यालयका सिमित कोठाहरूबाट कार्यसम्पादन हुँदै आएको थियो । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले नयाँ भवनको उद्घाटन गर्नुभयो । भवनको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय अनुसन्धान कार्यालयलाई २०७८ सालमा चार आना जग्गा प्राप्ति भएको थियो । सोही जग्गामा भवन निर्माणका लागि २०८० जेठ २९ गते बोलपत्र आह्वान भएपछि पाँच निर्माण कम्पनीले प्रस्ताव राखेका थिए । जसमा जोग्मा एन्ड डिएन्डीले दुई करोड तीन लाख ५९ हजार ५२० रुपियाँमा भवन निर्माणको जिम्मा पाएको थियो ।

भवनको राष्ट्रिय अनुसन्धान कार्यालय लुम्बिनी प्रदेशका प्रमुख निर्देशक ओम बहादुर खड्काले भवनको शिलन्यास गर्नुभएको थियो । पहिले जग्गा नहुँदा कार्यालयको आफ्नो भवन थिएन । कार्यालय प्रमुखको आवास, गार्ड रुमसहित १४ कोठे भवन निर्माण भएको कार्यालयका वरिष्ठ अनुसन्धान अधिकृत चर्तुवेदीले बताउनुभयो । कार्यक्रममा निर्माण व्यवसायीको भोज प्रसाद श्रेष्ठसहित सहजीकरण गर्ने संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...