निर्माण सुस्त हुँदा सर्वसाधारणलाई सास्ती

Published on

काठमाडौँ । निर्माण कम्पनीले सुस्त गतिमा सडक निर्माण गर्दा स्थानीय सास्ती सहन बाध्य भएका छन्। हुलाकीमार्ग अन्तरर्गत पर्ने राजविराज–कंचनपुर सडकको राजविराजस्थित हनुमान मन्दिरदेखि पडरिया नहरसम्म सडक छेउमा बसोबास गर्ने स्थानीयदेखि दैनिक सडकमा आवत जावत गर्ने धुलैधुलोले हैरान बने। सवारीसाधनसँगै हावाले उडाउने धुलोले सो सडकबाट ओहोर दोहोर गर्नै पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन्। दैनिक आवत जावत गर्ने सर्वसाधारणलो मुख छोपेर हिड्नुपर्ने बाध्यता छ।

सडकमा चल्ने गाडीले उडाउने धुलोले सास फेर्न पनि समस्या भएको स्थानीय चन्दन साहले बताउनुभयो। राजविराज ३ निवासी मो. अनवरले निर्माण कम्पनीले सुस्त गतिमा काम गरेर सबैलाई दुःख दिइरहेको सुनाउनुभयो। सडकमा धुलो उड्ने गरेकै कारण बाटो देख्न पनि समस्या भएको र पुरै जिउ धुलैधुलोले सेतो बन्ने गरेको स्थानिय राजेश चौधरीको गुनासो छ। संघीय सरकारको बजेटबाट सडक डिभिजन कार्यालयले गरेको टेन्डर प्रक्रियामा राजविराज–कञ्चनपुर सडक निर्माणको ठेक्का शर्मा–वज्रगूरु ल्वोहनी जेभी कन्ट्रक्सनले २०७९ सालमा लिएर निर्माण काम सुरु गरेको थियो। तर निर्माण कार्यले गति लिन सकेको छैन।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...