कफी कृषकलाई प्रतिकेजी १५ रुपियाँ अनुदान

Published on

काठमाडौँ । अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रतिकेजी १५ को दरले अनुदान दिने भएको छ । अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो । किसानलाई व्यवसायिक कफी उत्पादनमा अग्रसर गराउन एवं आर्थिक राहत प्रदान गर्न अनुदान दिन लागिएको हो । अनुदानले आगामी दिनमा कफी उत्पादन वृद्धिमा सहयोग गर्ने विश्वास पालिकाको रहेको छ ।

यस्तै कफी सङकलन गर्ने व्यवसायी/सङ्कलकलाई पनि प्रतिकेजी दुई रुपियाँ दिने पालिकाको तयारी छ । अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा वार्षिक ११ टनभन्दा बढी कफी उत्पादन हुने गरेको बताउँदै कफीको राम्रो सम्भावना भएकाले कृषकलाई व्यावसायिक बनाउन एवम् कफी खेतीतर्फ प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिन लागिएको बताउनुभयो । अनुदान प्राप्त गर्न इच्छुक किसानहरूले आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ दिन समयभित्र आवेदन दिन भनिएको छ । निवेदन दिनका लागि वडा कार्यालयको सिफारिस पत्र, कृषि सहकारी संस्थामा दर्ता प्रमाणपत्र, प्यान दर्ता र कर चुक्ताको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । कृषि सहकारी संस्थाले उत्पादनमा आधारित कार्यक्रम सहयोगको निर्णय प्रतिलिपि पनि आवेदनका साथ सङलग्न गर्नुपर्नेछ । गाउँपालिकाले किसानलाई आवश्यक सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...