कफी कृषकलाई प्रतिकेजी १५ रुपियाँ अनुदान

Published on

काठमाडौँ । अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रतिकेजी १५ को दरले अनुदान दिने भएको छ । अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो । किसानलाई व्यवसायिक कफी उत्पादनमा अग्रसर गराउन एवं आर्थिक राहत प्रदान गर्न अनुदान दिन लागिएको हो । अनुदानले आगामी दिनमा कफी उत्पादन वृद्धिमा सहयोग गर्ने विश्वास पालिकाको रहेको छ ।

यस्तै कफी सङकलन गर्ने व्यवसायी/सङ्कलकलाई पनि प्रतिकेजी दुई रुपियाँ दिने पालिकाको तयारी छ । अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा वार्षिक ११ टनभन्दा बढी कफी उत्पादन हुने गरेको बताउँदै कफीको राम्रो सम्भावना भएकाले कृषकलाई व्यावसायिक बनाउन एवम् कफी खेतीतर्फ प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिन लागिएको बताउनुभयो । अनुदान प्राप्त गर्न इच्छुक किसानहरूले आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ दिन समयभित्र आवेदन दिन भनिएको छ । निवेदन दिनका लागि वडा कार्यालयको सिफारिस पत्र, कृषि सहकारी संस्थामा दर्ता प्रमाणपत्र, प्यान दर्ता र कर चुक्ताको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । कृषि सहकारी संस्थाले उत्पादनमा आधारित कार्यक्रम सहयोगको निर्णय प्रतिलिपि पनि आवेदनका साथ सङलग्न गर्नुपर्नेछ । गाउँपालिकाले किसानलाई आवश्यक सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...